भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

भारतले मिचाहा प्रवृत्ति देखाउनु भएन, मिचिएका भूभागहरु फिर्ता लिएरै छोडने गौतमको चेतावनी

भारतले मिचाहा प्रवृत्ति देखाउनु भएन, मिचिएका भूभागहरु फिर्ता लिएरै छोडने गौतमको चेतावनी

काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले बताएका छन् ।
नेपालका धेरै भूगोल मिचेको दावी गर्दै त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तर्राष्ट्रिय कानूनले पनि सहयोग गर्ने बताए ।

राष्ट्रियसभाका सांसदसमेत रहेका नेता गौतमले सांसद गौतमले नेपाल कहिल्यै कसैको अधिनमा नरहेको चर्चा गर्दै आफ्ना मिचिएका भूभागहरु फिर्ता लिएरै छोडने अडान दोहोर्‍याए ।

नेपालको सिंगो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्सामा समावेश गरेको विश्वलाई जानकारी भएको उल्लेख गर्दै गौतमले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने तर्क गरे ।

 


Thali Mobile Pvt.Ltd.