भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

भुटानद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई सर्वोत्कृष्ट नागरिक पुरस्कार प्रदान

भुटानद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई सर्वोत्कृष्ट नागरिक पुरस्कार प्रदान

थिम्पु, । भुटानले शुक्रबार आफ्नो सर्वोच्च नागरिक पुरस्कार, नगाडाग पेल्गी खोर्लो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरेको छ । भुटानको प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पोष्टमा भारतीय प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको जानकारी गराइएको छ ।

“भूटानी नरेशबाट सर्वोच्च नागरिक सम्मानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई छानेकोमा खुशी व्यक्त गर्नुभएको छ । भुटान राजा जिग्मे खेसार नाम्गेल वाङचुकले वर्षौंको सहयोग र विशेष गरी कोभिड–१९को महामारीको समयमा विस्तार गरिएको सहयोग र समर्थनको चर्चा गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

“भुटान नरेशले भारतद्वारा बिना शर्त बर्षौदेखि पुर्‍याउँदै आएको र विशेष गरी महामारीको दौडान विस्तार गरिएको सबै मैत्रीपूर्ण सहयोग र समर्थनको चर्चा गर्दै भारतीय प्रधानमन्त्री पुरस्कारका लागि धेरै योग्य रहेको बताउनुभएको छ । पुरस्कारका लागि भुटानका नरेश र जनताको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई बधाइ दिएको छ ।

महामारी सुरु भएदेखि नै भारतले भूटानलाई कोभिड–१९ विरूद्धको खोप तथा अन्य चिकित्सा उपकरणको रूपमा सहयोग प्रदान गर्दै आएको छ । यसै वर्षको सुरुतिर भुटानका प्रधानमन्त्री लोटे छिरिङले प्रधानमन्त्री मोदीलाई कोभिड–१९ खोपको प्रयाप्त मात्रा उपलब्ध गराएकोमा बधाई दिनुभएको थियो । उहाँले भुटान भारतको निकट छिमेकी भएकोले अझ सुरक्षित महसुस भएको पनि उल्लेख गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.