भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका विरामी घर फर्किए

भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका विरामी घर फर्किए

काठमाडौं । जाजरकोटका ४८ जना भूकम्पबाट घाइते निको भएर घर फर्किएका छन् । भूकम्पमा घाइते भएर नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका उनीहरु निको भएर घर फर्किएका हुन । भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पतालमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो ।

भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीको मात्र भेरी अस्पतालमा उपचार भइरहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ । निको भएर घर फर्किएका बिरामीलाई घरसम्म पुग्न विभिन्न संघ संस्थाको समन्वयमा निःशुल्क यातायातको व्यवस्था गरिएको बाँकेका जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

अस्पताल ल्याइएका ५८ जनामध्ये ४८ जना बिरामी उपचारपछि निको भएर घर फकिएको र तीन जनालाई काठमाडौं रेफर गरिएको थियो भने एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.