भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

भूतले तर्सायो भन्दै क्‍वारेन्टाइनमा धामीलाई गुहारेपछि…

भूतले तर्सायो भन्दै क्‍वारेन्टाइनमा धामीलाई गुहारेपछि…

२७ जेठ २०७७ डोल्पा । डोल्पा जिल्लाको एक क्‍वारेन्टाइनमा बसेका मानिसलाई राति भूतले तर्साउने गरेको भन्दै धामी बोलाएर ठिक पार्ने गरेको पाइएको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ को त्रिपुरा माध्यामिक बिद्यालय काटिँयाचौरमा बनाइएको क्‍वारेन्टाइनमा रातभरी अदृश्य कुराले तर्साउने गरेको भन्दै यस्तो गरिएको हो ।

कोरोना भाइरसको त्रासकैबीच क्‍वारेन्टाइनमा बसेकी माया उपाध्याय मंगलबार दिनभर कराँउदै अनौठो व्यवहार देखाएको अन्यले बताएका छन् । ‘म तड्पिएको आत्मा हुँ भन्दै कालो मान्छे अयो, तिमिहरु कोही पनि यहाँ बस्न पाउँदैनौं भन्दै उपाध्याय काप्न थालेको क्वारेन्टीनमा बस्नेले बताए । लगातार रोइकराई गर्न थालेपछि झारफुके ब्रह्माणलाई बोलाएर हेर्न लागइयो ।

यति गर्दा पनि ठीक नभएपछि धामीलाई बोलाइयो । धामीले आधा घण्टा झारफुक गरेपछि ठीक भएको रमानन्द उपाध्यायले बताए । यो घटना पछि क्वारेन्टीनमा बस्ने त्रसित भएका छन् । विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई पटक–पटक यस्तै भएर बेहोस हुनेगरेको र झारफुकबाट सञ्चो हुने गरेको विद्यालयका प्रधानाध्यापकको भनाई छ ।

यता स्वाब संकलनका लागि विद्यालय पुगेकी जिल्ला अस्पताल डोल्पामा कार्यरत डाक्टर मेलिना हमालले यो एक किसिमको रोग भएकाले औषधि खाएपछि ठीक हुने बताएकी छन् । कारेन्टाइनमै बस्दै आएकी महिला रोइकराई गरेर काप्न थालेपछि क्‍वारेन्टाइनमा बसेका पाँचैजना युवतीलाई बगर बजारमा रहेको मध्येवर्ती क्षेत्र ब्यवस्थापन समितिको भवनमा सारिएको नगर प्रमुख ओमबहादुर बुढाले बताए ।

 


Thali Mobile Pvt.Ltd.