भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने सहमति

मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने सहमति

हेटौंडा । उपमहानगरपालिका–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसलाई बागमती प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने सहमति भएको छ ।आइतबार बसेको सर्वदलिय–सर्वपक्षिय बैठकले मकवानपुर क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने सहमति दिएको हो ।

मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको केन्द्रिय क्याम्पसका रूपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकार अघि बढेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।

प्रदेश सरकारको पैसा सकेसम्म भौतिक संरचनामा खर्च नगरी बनेकै संरचनामा विश्वविद्यालय स्थापना गर्न जोड दिएको स्पष्ट पारे । विज्ञहरुले दिएको सुझावका आधारमा कृषि, स्वास्थ्य र प्राविधिक विषयलाई प्राथमिकता दिने मुख्यमन्त्री जम्कट्टेलले बताए ।

क्याम्पस विश्वविद्यालयको जिम्मेवारी वहन गर्न तयार रहेको मकवानपुर बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष अनन्त पौडेलले बताए । छलफलमा सहभागीले मकवानपुरमा प्रदेश विश्वविद्यालय स्थापना हुनु गौरवको विषय रहेको बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.