भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कारोनाको कहर जस्तै पूर्वीनाका काँकडभिट्टा पर्यटकीय गतिविधिमा ठप्प

कारोनाको कहर जस्तै पूर्वीनाका काँकडभिट्टा पर्यटकीय गतिविधिमा ठप्प

काठमाण्डौ । पानीटङ्कीको अध्यागमन कार्यालयले भारतबाट पर्यटकलाई नेपाल जाने अनुमति दिएको छैन । अनुमती नदिएपछि पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ ।
भारतीय अध्यागमनको नीतिका कारण काँकडभिट्टाबाट पर्यटक आगमन ठप्प भएको जनाएको छ ।

विगतमा ठूलो सङ्ख्यामा तेस्रो देशबाट पर्यटक यो नाका भएर भित्रिने गरे पनि अहिले चलहलपहल ठप्पप्राय रहेको छ । बङ्गलादेश र अन्य तेस्रो देशका पर्यटक काठमाण्डौ हुँदै पूर्वी नेपाल घुम्न पुग्ने गरेका छन् ।
कोभिड–१९ को महामारीका बेला २०७६ चैतदेखि काँकडभिट्टासहित नाका बन्द भएका थिए । तर अहिले नाका खुलेपनि काँकडभिट्टासँग जोडिएको यो नाकाबाट पर्यटक आवगमन ठप्प रहेको छ ।

भारतको पश्चिम बङ्गाल राज्यको अध्यागमन चेकपोस्ट रानीगन्जले सीमावर्ती पानीटङ्की नाकाबाट भुटानी, नेपाली विद्यार्थी र प्रवासी भारतीय नागरिक प्रमाणपत्र (ओसीआई) भएका पर्यटकलाई मात्र नेपाल जाने प्रवेशाज्ञा दिने गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.