भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मतगणना सकिएका ठाउँमा कुन दलले कहाँ जिते (विवरणसहित)

मतगणना सकिएका ठाउँमा कुन दलले कहाँ जिते (विवरणसहित)

काठमाडौं । ७५३ पालिका मध्ये ५७० को मतगणना सकिएको छ । ती पालिका मध्ये सबैभन्दा बढी नेपाली कांग्रेसले जितेको छ । कांग्रेस पहिलोे पार्टी बनेको छ भने दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । तेस्रो दलका रुपमा नेकपा (माओवादी केन्द्र) रहेको छ ।

मतगणना सम्पन्न भएका ५७० पालिका मध्ये २५३ वटा पालिका प्रमुख तथा अध्यक्षमा कांग्रेस एक्लैले जितेको छ । कांग्रेसले ४४.३८ प्रतिशत पालिकामा जित निकालेको निर्वाचन आयोगले जनाएको छ । हालसम्म १६४ पालिकाको प्रमुख तथा अध्यक्षमा एमालेले जित निकालेको छ ।

मतगणना सकिएका कूल पालिकाको २८.७७ प्रतिशत हो । हालसम्म १०५ वटा पालिका प्रमुख तथा अध्यक्षमा माओवादी केन्द्रले जित निकालेको छ । मतगणना सम्पन्न भएकामध्ये १८.४२ प्रतिशत पालिकामा माओवादी विजयी बनेको हो ।

जनता समाजवादी पार्टी (जसपा)ले हालसम्म १५ वटा पालिका प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको २.६३ प्रतिशत हो । त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले हालसम्म १२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ ।

मतगणना सकिएका मध्ये २.१० प्रतिशत पालिकामा एकीकृत समाजवादीको उम्मेदवारले जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले हालसम्म दुई वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

मतगणना सम्पन्न भएकामध्ये ०.३५ प्रतिशत पालिकामा लोसपाले जितेको छ । नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा अन्य दललाई क्लिन स्वीप गरेको छ । हालसम्म मतगणना सम्पन्न भएका पालिका मध्ये १९ वटामा अन्य तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् । यो भनेको मतगणना सकिएका पालिकाको ३.३३ प्रतिशत हो ।

भक्तपुरकाे विवरण प्राप्त भएकाे जुन हेर्न यहाँ क्लिक गर्नुहाेस्…

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [347.57 KB]

 


Thali Mobile Pvt.Ltd.