भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

५ सय ५७ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिकः निर्वाचन आयोग

५ सय ५७ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिकः निर्वाचन आयोग

काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तरगत देशैभरका विभिन्न स्थानीय तहमा मतगणना जारी छ । विगत ७ दिनदेखि जारी मत गणनामा अहिलेसम्म ५ सय ५७ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक आयोगले सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेका परिणाम अनुुसार नेपाली काँग्रेसले २ सय ४९ स्थानमा जित हासिल गरेको छ भने ७२ स्थानमा अग्रता लिएको छ । दास्रो स्थानमा अहिले नेकपा एमाले रहेको छ । नेकपा एमालेले एक उपमहानगर सहित १ सय ५९ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । एमालेले अहिलेसम्म ४० ठाउँमा अग्रता लिएको छ ।

अहिलेसम्मको मत परिणामअनुसार नेकपा माओवादी केन्द्रले एक उपमहानगर सहित १ सय ४ ठाउँमा जित हासिल गरेको छ भने १३ स्थानीय तहमा अग्रता लिएको छ । निर्वाचन आयोगले अहिलेसम्मको तथ्यांक अनुसार झण्डै २७ हजार जनप्रतिनिधि चुनिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.