भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

३ दिनको अवधिमा १७ सय ३० जना युक्रेनी सेनाले आत्मसमर्पण गरे

३ दिनको अवधिमा १७ सय ३० जना युक्रेनी सेनाले आत्मसमर्पण गरे

काठमाडौँ। युक्रेनको मरियुपोल शहरमा रहेका ९ सय सैनिकले आत्मसमर्पण गरेको रुसले दाबी गरेको छ । ३ दिनको अवधिमा १७ सय ३० जना युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसले जनाएको हो ।

रुसी सेनाले घेरा हालेको युक्रेनको दक्षिणी क्षेत्रको केही भाग युक्रेनले फिर्ता लिइसकेको जनाइएको छ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसलाई पतनको बाटोमा अग्रसर भएको आरोप लगाएका छन् ।

मरियुपोलको एजोभ्स्टल स्टील कारखानामा फसेका सर्वसाधारण र सेनाको उद्धार गरिसकेको अवस्थामा आत्मसमर्पण गरेकाहरूलाई रुसको कैदी राख्ने क्याम्पमा लगिएको रुसी अधिकारीहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.