भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा समस्या

मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा समस्या

मध्यबिन्दु (नवलपरासीपूर्व) । पूर्वी नवलपरासी कावासोती-६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गर्नुभएको छ । मतदान महत्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताउनुभयो ।

शारीरिक रुपमा अशक्त पनि ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको काफ्ले बताउनुभयो । कावासोती–६ विष्णुनगरको जनता माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा उहाँले मत खसाल्नुभयो ।

कावासोतीकै गोमता भूर्तेल पनि शारीरिकरुपमा अशक्त हुनुहुन्छ । उहाँ पनि ‘ह्विलचियर’ प्रयोग गर्नुहुन्छ । तर गत स्थानीय तहको निर्वाचनमा मतदानस्थल
अपाङ्गमैत्री नहुँदा उहाँलाई मत खसाल्न गाह्रो भयो ।

देवचुली(१५ कि ८८ वर्षे ज्ञानकुमारी श्रेष्ठ पनि ‘ह्विलचियर’ बिना आवतजावत गर्न सक्नुहुन्न । उहाँले मताधिकारको सहजताका लागि अपाङ्गतामैत्री मतदान केन्द्र हुनुपर्ने बताउनुहुन्छ । समथर स्थानमा भन्दा पहाडी भेगमा मतदान केन्द्रसम्म पुग्न अपाङ्ग व्यक्तिहरुलाई असहजता हुने उहाँको भनाइ छ ।

कावासोतीका दलबहादुर पाण्डे दृष्टिविहीन हुनुहुन्छ । उहाँ अरुको सहायतामा नभइ आफैँ मत हाल्न मन छ । त्यो व्यवस्था अहिले नभएकाले त्यो सम्भव भएन । प्रविधिको प्रयोग र डिजिटल माध्यमबाट मत हाल्ने व्यवस्था भए दृष्टिविहीनलाई सहज हुने उहाँको तर्क छ ।

देशभर कुल मतदातामध्ये दुई प्रतिशत अर्थात् करिब तीन लाख ६० हजार अपाङ्गता भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.