भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भक्तपुकारका तीन नगरपालिकामा निर्वाचन शान्तिपूर्ण रुपमा सकियो : प्रमुख जिल्ला अधिकारी शर्मा ( भिडियो सहित .)

भक्तपुकारका तीन नगरपालिकामा निर्वाचन शान्तिपूर्ण रुपमा सकियो : प्रमुख जिल्ला अधिकारी शर्मा ( भिडियो सहित .)

भक्तपुर । भक्तपुरका ३ वटा नगरपालिकामा मत गणना सकिएको छ भने एउटा नगरपालिकामा मत गणना जारी रहेको छ । मध्यपुर थिमि नगरपालिका,भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिकामा मतगणना सकियो भने सूर्यविनायक नगरपालिकामा मत गणना जारी रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी शर्माले भक्तपुरमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताउदै सबै सुरक्षा निकायलाई धन्यवाद दिनुभयो । उहाँले भक्तपुरका ४ वटा नगरपालिका मध्ये ३ वटा नगरपालिकामा मत गणना सकिएर मत परिणाम सार्वनजनिक भएको जानकारी दिदै सूर्य विनायक नगरपालिकाको पनि मत गणना अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

सुरुमा अनुभव नभएकाले पनि ढिला मत गणना भएपनि पछि भने दु्रत रुपमा मत गणना भएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ । भक्तपुरका चार नगरपालिका मध्ये मध्यपुुर थिमि नगरपालिका प्रमुखमा काँग्रेस, चाँगुनारायण नगरपालिका प्रमुखमा काँग्रेस, भक्तपुर नगरपालिकामा नेमकिपाले प्रमुखमा जित हासिले गरेको छ भने सूर्यविनायक नगरपालिकाको मत परिणाम आउन बाँकी रहेको छ । भिडियो सहित ..

 

 


Thali Mobile Pvt.Ltd.