भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

मदिरा सेवनमा उमेरको हद, २५ वर्षमुनिकालाई मदिरा सेवनमा प्रतिबन्द

मदिरा सेवनमा उमेरको हद, २५ वर्षमुनिकालाई मदिरा सेवनमा प्रतिबन्द

२५ वर्ष तल उमेर समूहका युवालाई मदिरा बेचबिखन तथा सेवनमा जुम्लाको पातारासी गाउँपालिकाले प्रतिबन्ध लगाएको छ ।
महिला समूह, सहकारी र युवालाई सहभागी गराई गाउँपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन समेत गरिरहेको छ । गाउपालिकाले मदिराको सेवन तथा बिक्रीवितरणमा रोक लगाउनका लागि गाउँपालिकाको महिला तथा बालबालिका शाखामार्फत यस्ता कार्यहरु सञ्चालन गरिरहेको जनाइएको छ ।
युवकयुवती गलत बाटो (कुलत)मा फसेका कारण मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाइएको गाउँपालिकाले जनाएको छ । पढ्ने उमेरका युवा कुलतमा बढी फसेका कारण मदिरामा प्रतिबन्ध लगाइएका गाउँपालिका अध्यक्ष लछिमन बोहोराको भनाइ छ ।
सार्वजनिकस्थलमा मदिरा सेवन गरी हल्ला वा बिक्री गरेको भेटिएमा हदैसम्म जरिवना र कानूनी उपचारका लागि सम्बन्धित निकायमा पहल गरिने गाउँपालिकाले जनाएको छ ।
पच्चीस वर्ष तलका युवाले मदिरा सेवन तथा बिक्रीवितरण गर्न नपाउने गाउँकार्यपालिकाको बैठकबाट निर्णय भएको हो ।