भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको मतगणनामा नेपाली काँग्रेसको अग्रता देखिएको छ । मध्पुर थिमि नगरपालिकामा अहिलेसम्म ८ सय मत गन्दा नेपाली काँग्रेसको अग्रता देखिएको हो । नगर प्रमुखमा नेपाली काँग्रेसको रुखले ४ सय ३७, नेकपा एमालेको सूर्यले २ सय ८६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी उपप्रमुखमा सूर्य ३ सय ३६, हसियाँ हथौडाले २ सय ९६ मत प्राप्त गरेको छ भने वडा नं १ को वडा अध्यक्ष उम्मेदवारमा सूर्य २ सय ९३, नेपाली काँग्रेसको रुख ४ सय १५ र महिला वडा सदस्यमा ३ सय ८ सूर्य र नेपाली काँग्रेसको रुखले ४ सय ८ मत प्राप्त गरेको छ ।
