भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

मध्यपूर्वमा ब्लिन्केनको यो एघारौं भ्रमण

मध्यपूर्वमा ब्लिन्केनको यो एघारौं भ्रमण

एजेन्सी । अमेरिकारले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई दबाब दिएको छ । गाजामा युद्धविराम र बन्धक रिहाइको पहल गर्न इजरायल पुगेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मानवीय सहायता बढाउन दवाप दिएका हुन ।

अमेरिकी विदेशमन्त्रीले गाजामा युद्धविराम अर्थात् पोस्ट वार पछिको योजानाका विषयमा नेतन्याहूसँग ठोस छलफल गरेको बताइएको छ। गत वर्षको अक्टोबर ७ देखि इजरायल र हमासबीच युद्ध सुरु भएयता मध्यपूर्वमा ब्लिन्केनको यो एघारौं भ्रमण हो।

मध्यपूर्वमा द्वन्द्व भड्किरहेको बेला भएको दुई नेताबीच भएको करिब साढे दुई घण्टा वार्तामा गाजामा नागरिकहरुलाई बढी मानवीय सहायताको आवश्यकताबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

साथै गाजाका नागरिकहरुलाई मानवीय सहायताको पहुँच बढाउन समेत छलफल भएको छ। इजरायली डिफेन्स फोर्स आइडीएफले हिजुबुल्लाह प्रमुखका हसन नसरुल्लाहका उत्तराधिकारी हासेम सफिद्दिन मारिएको पुष्टि गरेको छ ।

ब्लिन्केन इजरायलमा रहँदा इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण जारी राखेको छ। इजरायली सेनाको पछिल्लो आक्रमण कम्तिमा १० जनाको मृत्यु भएको छ भने ५ जना वेपत्ता भएका छन्।

 


Thali Mobile Pvt.Ltd.