सप्तरीमा मतदान अधिकृत कुटिए

सप्तरीमा मतदान अधिकृत कुटिए

सप्तरी । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकाको–२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरे पछि मतदान स्थगित भएको छ । उक्त मतदान केन्द्रमा करिब २ हजार मत खसी सकेको अवस्था एक्कासी केही व्यक्तिहरुले मतदान अधिकृतमाथि कुटपिट गरेका हुन् । ती व्यक्तिको समूहले मतपेटिकाहरु समेत तोडफोड गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

ती व्यक्तिहरुको कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएको र उपचारका लागि सदरमुकाम राजविराज पठाइएको निर्वाचन अधिकृत मगरले बताए । मतदान केन्द्रमा केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट गर्दै मतदानस्थलका कागजातहरु समेत च्यातेको जानकारी दिए ।

निर्वाचन अधिकृत मगरले आज मतदान हुने सम्भावना कम रहेको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.