भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

मनषा थाइफुड्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

मनषा थाइफुड्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

झापा । मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा १२ घण्टा अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । सो आगो नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गरी १७ वटा भन्दा बढी दमकल प्रयोग भइरहेका छन् ।

विसं २०७५ मा रु एक अर्बको लगानीमा स्थापना भएको मनषा थाइफुड्सले मगमग, अकबरेलगायतका ब्राण्डको चाउचाउ उत्पादन गर्दै आएको छ । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले बिहानदेखि दमकलसँगै निरन्तर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी आगो नियन्त्रणका लागि खटिरहेका छन् । उद्योगमा आगलागी सुरु भएसँगै छिमेकमा रहेका घरहरूका सामानसमेत खाली गरिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.