भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

‘मलाई लाज लाग्न थाल्यो प्रधानमन्त्री ज्यू !’ ऋचा शर्मा

‘मलाई लाज लाग्न थाल्यो प्रधानमन्त्री ज्यू !’ ऋचा शर्मा

काठमाडौं । अभिनेत्री ऋचा शर्माले साना बालिकाहरुमाथि भैरहेको यौन हिंसाका घटनालाई मध्यनजर गर्दै बलात्कारीलाई कडा कानुन आवश्यक रहेको जनाउदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेकी छिन। आफ्नै एकाउन्ट सामाजिक सञ्जाल फेसबुकमार्फत एक पत्र सार्वजनि गर्दै उनले यो देशमा नारीहरु सुरक्षित छन ? भनि प्रश्न तेर्साएकी छिन्।

हेर्नुहोस् पूरा पत्र…

आदरणीय प्रधानमन्त्री ज्यू,
एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ। मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ। मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ।

मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानूनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ। दिनहुँ स(साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ। जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौं झै लाग्छ।

हामी टेक्नोलोजीले चाही विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौं। यहाँ बालिकाहरुलाई सम्म खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौं। जनताको नभए पनि एकचोटी परिवारमा छोरी- नातिनीको आँखामा आँखा जुधाई भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन ?  म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदैछन । बाँकी तपाईहरु बुझकी !

निवेदक एक आम नेपाली नारी
ऋचा शर्मा

 

 


Thali Mobile Pvt.Ltd.