भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘मलाई लाज लाग्न थाल्यो प्रधानमन्त्री ज्यू !’ ऋचा शर्मा

‘मलाई लाज लाग्न थाल्यो प्रधानमन्त्री ज्यू !’ ऋचा शर्मा

काठमाडौं । अभिनेत्री ऋचा शर्माले साना बालिकाहरुमाथि भैरहेको यौन हिंसाका घटनालाई मध्यनजर गर्दै बलात्कारीलाई कडा कानुन आवश्यक रहेको जनाउदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेकी छिन। आफ्नै एकाउन्ट सामाजिक सञ्जाल फेसबुकमार्फत एक पत्र सार्वजनि गर्दै उनले यो देशमा नारीहरु सुरक्षित छन ? भनि प्रश्न तेर्साएकी छिन्।

हेर्नुहोस् पूरा पत्र…

आदरणीय प्रधानमन्त्री ज्यू,
एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ। मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ। मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ।

मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानूनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ। दिनहुँ स(साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ। जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौं झै लाग्छ।

हामी टेक्नोलोजीले चाही विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौं। यहाँ बालिकाहरुलाई सम्म खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौं। जनताको नभए पनि एकचोटी परिवारमा छोरी- नातिनीको आँखामा आँखा जुधाई भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन ?  म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदैछन । बाँकी तपाईहरु बुझकी !

निवेदक एक आम नेपाली नारी
ऋचा शर्मा

 

 


Thali Mobile Pvt.Ltd.