भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा शुल्क घटाउन माग

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा शुल्क घटाउन माग

कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अन्र्तगत मानविकी तथा समाजशास्त्र केन्द्रीय क्याम्पसमा अध्ययनरत पत्रकारिता तथा आमसञ्चार विषयका विद्यार्थीले मासिक शुल्क घटाउन माग गरेका छन् । स्नातकोत्तर तह पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले तत्काल मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनका साथै विश्वविद्यालय पदाधिकारीको ध्यानाकर्षण गराएका हुन् ।

एमयूले पत्रकारितामा पहिलो सेमेस्टरको मासिक शुल्क रु। चार हजार ५०० तोकेको छ । केन्द्रीय क्याम्पसका अन्य विभाग र विषयको तुलनामा पत्रकारिताको शुल्क अत्यधिक भएको विद्यार्थीको गुनासो छ । मासिक शुल्क घटाएर बढीमा रु। दुई हजार कायम गर्नुपर्ने उनीहरुको माग छ । कोरोना भाइरस महामारीका कारण आम दैनिकी सहज नभइरहेका बेला समेत क्याम्पसले मासिक शुल्कमा ताकेता गरेको भन्दै विद्यार्थीले गुनासो गरेका छन् ।

पत्रकारिता तथा आमसञ्चार शिक्षण समितिका संयोजक युवराज शर्माले डिन कार्यालयले नै मासिक शुल्कबारे टुङ्गो लगाउने बताउनुभयो । विद्यार्थीले मासिक शुल्क निर्धारण हेरफेर गर्न उपकुलपति, रजिष्ट्रार, डीन कार्यालय र क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.