भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘उपचारका लागि आइसियूमा राखेका हौं बन्धक बनाउन होईन’

‘उपचारका लागि आइसियूमा राखेका हौं बन्धक बनाउन होईन’

चितवन । मकवानपुर भीमफेदी गाउँपालिका–९ का राजु थिङलाई उपचार खर्च तिर्न नसक्दा आइसियूमै राखिएको भन्ने समाचार गलत भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

राजुकी श्रीमती संगीता थिङले औषधि र उपचार खर्च गरी तीन लाख रुपैयाँभन्दा बढी अस्पताल र फार्मेसीलाई तिर्न बाँकी रहेको र अढाई लाख रुपैयाँ उनीहरूले खर्च गरिसकेको बताएकी छन् । श्रीमान्को अवस्था सामान्य भएपछि उनले साधारण बेडमा सारिदिन अस्पताललाई अनुरोध गरेको बताईन तर, अस्पताल प्रशासनले पैसा तिरेपछि मात्र साधारण बेडमा सारिदिने बताएको उनको भनाई छ ।

यहि विषयमा अस्पताल प्रशासनसंग बुझ्दा अस्पतालका निर्देशक दयाराम लम्सालले भने, विरामीलाई अस्पतालमा उपचार गर्न ल्याउने हो नकि बन्धक बनाउन होईन । हामीले उपचारकालागि राखेका हौं । उनले अस्पतालको बदनाम गराउन यस्तो भ्रामक समाचार बाहिरिएको बताए ।

 


Thali Mobile Pvt.Ltd.