भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

महँगीले आक्रान्त अमेरिकी घरमै पकाउँदै, साथीभाइकामा पाहुना लाग्दै

महँगीले आक्रान्त अमेरिकी घरमै पकाउँदै, साथीभाइकामा पाहुना लाग्दै

वासिङटन, । बढ्दो महँगीले आक्रान्त अमेरिकी नागरिक हिजोआज घरमै खाना पकाउन, परिवारसँग रमाउन र बेलाबखत आफन्ती तथा साथीभाइकोमा पाहुना लाग्न थालेका छन् । उनीहरूले सवारी साधन हुँइक्याएर टाढाटाढासम्मको यात्रालाई पनि अहिले थाती राखेका छन् । घरमै पर्याप्तमात्रामा खानेकुरा पकायो, सम्भवभएसम्म रेष्टुरा नगयो, घरै बस्यो । छोटो दुरीमा मात्र यात्रा ग¥यो । खर्च जोगाउन यस्तै दैनिकी बनेको छ अमेरिकीको आजभोलि ।

उत्तरी भर्जिनियास्थित एउटा सुपथमूल्य खुद्रा पसलमा भेटिएका जोन खाद्यवस्तुको चर्को मूल्यवृद्धिका कारण घरमा आफै विविध परिकार पकाउन थालेका छन् । आफ्नो पहिलो नाममात्र उद्धरण गर्न चाहने उनी विरलै रेष्टुरातिर जान्छन् । सरकारी कर्मचारी उनी एक झोला कुखुराका साँप्रा र १० टुक्रा कुखुराका पँखेटाको मूल्य उस्तै भएको बताउँछन् । दशकौँपछि अमेरिकामा महँगी अचाक्ली बढेको छ । खर्च जोगाउन धेरै अमेरिकी नागरिकले विविध उपाय अवलम्बन गरेका छन् ।

अमेरिकी उपभोक्ता मूल्य सूचकाङ्क चारदशकपछि पहिलोपटक गत जेठमा ९.१ प्रतिशतले बढेको थियो । त्यसयता खाद्य सूचकाङ्क १०.४ प्रतिशतले बढ्दा मध्यमवर्गीय अमेरिकीलाई हातमुखजोर्न धौधौ भएको छ । मूल्यवृद्धि नभएका कुनै वस्तु छैनन् । दशौँलाख अमेरिकी इन्धनको मूल्य बढेपछि थप पिरोलिएका छन् । चर्को मूल्य चुकाएर हवाईजहाजबाट यात्रा गर्ने चाहना पनि अब धेरैको रहेन । न्यूयोर्क महानगरका सेवा निवृत्त शिक्षिका ग्लोलिया ब्राण्डम्यानले हवाईजहाज नचढेको धेरै भयो ।

भाडा महँगो भएकाले जहाजको सट्टा मोटरकारमा यात्रा गर्दै आएको बताउने उनले पेट्रोलको बढेको मूल्यले अब त्यसमा पनि यो वर्ष कटौती गर्ने तरखरमा आफू रहेको सुनाइन् । पुरानो कारलाई मर्मतसम्भार गरेर दौडाइरहेको उनले बताइन् । उच्च मूल्यकै कारण नयाँ कार किन्न नसकेको उनको कथन छ । उत्तरी भर्जिनियाका स्थायी बासिन्दा जेम्स पेट्रोलको मूल्य वृद्धिले तनाव बढाएको दुःखेसो गर्छन् । हरेकपटक कारको इन्धनट्याङ्क भर्दा उनले थप ३० डलर तिर्नुपर्छ । पाएसम्म र भ्याएसम्मसार्वजनिक यातायात सेवा प्रयोग गर्ने गरेको उनले बताए ।

घरभाडा पनि अनपेक्षितरूपमा बढेको छ । त्यो अहिले १२ देखि २० प्रतिशतले वृद्धि भएको छ । केन्टकीको किराना पसलमा काम गर्ने आफ्नी भतिजी घरभाडा तिर्न नसकेर आफूसँगै बस्न आएकी आर्था फक्स जोन बताउँछिन् । बढ्दो आवास भाडाले घरबारविहीनको सङ्ख्या बढ्ने चिन्ता पनि अमेरिकामा बढेको छ । देशको अर्थतन्त्रसँग पनि अमेरिकी नागरिक खुशी नभएका अन्तरराष्ट्रिय मुद्राकोषका एकजना पूर्व अधिकारीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.