भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय

महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले बुधबार अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेको हो । यसअघि महाकाली अञ्चल अस्पताल प्रदेश सरकार मातहत आएपछि महाकाली अस्पताल बनाइएको थियो । कञ्चनपुरका प्रदेशसभा सदस्य लालबहादुर खड्का सामाजिक विकासमन्त्री भएपछि महाकाली अस्पताललाई प्रादेशिक बनाइएको हो ।

मन्त्री खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रादेशिक बनाउने निर्णय गरेको हो । अघिल्लो हप्ता मन्त्री भएका खड्काको महाकाली अस्पताल बनाउने यो पहिलो निर्णय हो । “मन्त्री भएपछि महाकाली अस्पताल बनाउने पहिलो निर्णय गरिएको छ”, मन्त्री खड्काले भन्नुभयो, “अब महाकाली पनि सेती अस्पतालकै हैसियतमा आएको छ ।” महाकाली अस्पताललाई प्रादेशिक बनाउन महाकाली अस्पताल व्यवस्थापन समितिले शुरुदेखि प्रदेशसभा सदस्यलाई दबाब दिँदै आएको थियो ।

“महाकाली अस्पताललाई प्रादेशिक बनाउन शुरुदेखि नै आवाज उठ्दै आएको थियो । आज त्यसलाई सम्बोधन गरिएको छ”, मन्त्री खड्काले भन्नुभयो । महाकाली प्रादेशिक अस्पताल भएपछि सेती अस्पतालझै सेवा सुविधा विस्तार, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार निर्माणलगायतका कार्य हुने छन । प्रदेश सरकारको निर्णयपछि सुदूरपश्चिममा महाकाली र सेती दुई प्रादेशिक अस्पताल भएका छन् । यसअघि प्रदेश सरकारले सेतीलाई प्रादेशिक र कैलालीको टीकापुरलाई उपप्रादेशिक अस्पताल बनाएको थियो ।

महाकाली अस्पताललाई टीकापुरसरह उपप्रादेशिक बनाउन प्रदेश सरकार इच्छुक देखिएको थियो । महाकाली अस्पताल व्यवस्थापनले उपप्रादेशिकमा विमति राखेपछि महाकाली अस्पताल बनाइएको थियो । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले प्रादेशिक बनाउनुपर्ने माग सम्बोधन गरिएको बताउनुभयो । “प्रादेशिक बनाउनुपर्ने माग विगतदेखि राख्दै आएका थियौँ । यसपटक मन्त्रीले माग पूरा गरिदिनुभयो”, अध्यक्ष जोशीले भन्नुभयो ।

अध्यक्ष जोशी प्रदेश र सङ्घीय सरकारसित समन्वय गरी महाकाली अस्पताल सुधारमा लाग्नुभएको छ । चिकित्सक नहुने अस्पतालमा अहिले विशेषज्ञसहित २८ जना कार्यरत छन् । विसं २०३४ मा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्थापना गरिएको महाकाली अञ्चल अस्पताल विसं २०४३ मा अञ्चल अस्पताल बनेको थियो ।

 


Thali Mobile Pvt.Ltd.