भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउने तयारी

उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउने तयारी

गण्डकी । गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८–७९ को बजेटका सिद्धान्त र प्राथमिकता गण्डकी प्रदेशसभाको बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा जोड दिँदै उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउन आवश्यक व्यवस्था गरिने जानकारी दिए ।

गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक प्रतिष्ठानको भौतिक तथा शैक्षिक पूर्वाधार निर्माण गरी क्रमशः अध्ययन अध्यापन शुरुआत् गर्न पहल गरिने उहाँले बताउनुभयो । प्रदेशको विभिन्न जातीय, धार्मिक, सामाजिक, भाषिक तथा साँस्कृतिक विविधतालाई संरक्षण एवम् सम्वद्र्धन गर्दै प्रदेशभित्रका संग्रहालय, धार्मिक तथा पुरातात्विक महत्वका संरचनाको विकास, विस्तार र संरक्षण गरिने उहाँले बताउनुभयो ।

भाषा, साहित्य, कला र संस्कृतिलाई संरक्षण र विकास गर्न गठित प्रज्ञा प्रतिष्ठानलाई प्रभावकारी रुपमा अगाडि बढाइने सिद्धान्त र प्राथमिकतमा उल्लेख छ । खेलकूद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेलकूद क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिइने उल्लेख गर्दै मन्त्री गुरुङले अन्तर्राष्ट्रिय स्तरका तत्तसम्बन्धी पूर्वाधार निर्माणमा जोड दिइने बताए।

युवाको सीप र नेतृत्व क्षमतालाई प्रस्फुटित गर्दै विकासमा युवाको सहभागिता अभिवृद्धि गर्न उनीहरूलाई उद्यमशील, स्वरोजगार र स्वावलम्बी बनाउन आवश्यक कार्यक्रम ल्याउने प्रदेश सरकारले जनाएको छ । खेलकूदको विकासका लागि गण्डकी प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिलाई प्रभावकारी रुपमा सञ्चालन गरिने मन्त्री गुरुङले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.