भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महाकाली नदीमा फसेका मलामीको उद्धार

महाकाली नदीमा फसेका मलामीको उद्धार

कञ्चनपुर । भीमदत्त नगरपालिका–१२ भुजेलघाटस्थित महाकाली नदीमा फसेका १६ मलामीको आज उद्धार गरिएको छ । भारतको उत्तराखण्ड राज्यको टनकपुरस्थित एनएचपिसीद्वारा सञ्चालित विद्य्त् गृह सफा गर्न महाकाली नदीमा पानी छाडेपछि पानीको बहाव उच्च भई मलामी नदीको बीच भागमा रहेको टापुमा फसेका थिए । नदीको बीच भागमा मलामी फसेको खबर पाइएपछि विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले मलामीको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । भारतले बिना पूर्वसूचना विद्य्त् गृहको पानी छाडेको बताइएको छ ।

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित बेलौरी नगरपालिका– ६ सुतिया नदी नजिकबाट भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ । भारतको पिलिभित जिल्ला बम्मनपुर पधिरत सारदापुरी बस्ने वर्ष ३२ को सुच्चा सिंहलाई २० ग्राम ८० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । विशेष सूचनाका आधारमा पक्राउ परेका सुच्चालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको छ ।

यसैगरी भीमदत्त नगरपालिका–१९ का विवाहसम्बन्धी कसुरका फरार प्रतिवादी वर्ष २५ का मायाचन्द पाललाई प्रहरीले ११ वर्षपछि आज पक्राउ गरेको छ । विसं २०६७ फागुन १८ गतेको कञ्चनपुर जिल्ला अदालतको फैसलाले चन्दलाई एक वर्ष कैद र रु पाँच हजार जरिवाना गरेको थियो । अदालतको फैसलापश्चात् चन्द फरार रहेका थिए । घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.