भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

महानगरमा वृहत एन्टिजेन विधिबाट एकै दिन ९ सय ५७ जनाले कोभिड परीक्षण

महानगरमा वृहत एन्टिजेन विधिबाट एकै दिन ९ सय ५७ जनाले कोभिड परीक्षण

काठमाडौं । काठमाडौँ महानगरपालिकाले शुरु गरेको वृहत एन्टिजेन विधिबाट एकै दिन ९ सय ५७ जनाले कोभिड परीक्षण गरेका छन् । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण दर बढ्न थालेपछि कामपाले समुदाय स्थरमा वृहत परीक्षण थालेको हो । शुक्रबारदेखि गरिएको परीक्षण्मा ३० महिला र ३४ पुरुष गरी ६४ जनामा पोजेटिभ देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले शुक्रबार वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका तोकिएका केन्द्रमा परीक्षण गरेको थियो । परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएकालाई आइसोलेसनका माध्यमबाट समुदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षण थालिएको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो ।
त्यसैगरी आज वडा २, ३, ६ १०, ११, १३, १८, २१, २३ र ३० का तोकिएका केन्द्रमा परीक्षण हुनेछ । आइतबार वडा १, ४, ७, ९, १७, २२, २४, २७, २९ र २६ का तोकिएका केन्द्रबाट परीक्षण हुने छ । सोमबार ३, ४, ६, १०, १४, १६, २०, २५, ३० र ३२ वडा र जेठ १८ गते ७, ९, १३, १५, २६, २९ र ३१ वडामा परीक्षण हुनेछ ।

हरेक दिन १० वडा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना सङ्कलन गरिनेछ । पाँच दिनभित्रमा सबै वडाका जोखिमपूर्ण ठाउँहरुमा परीक्षण गरिसकिने लक्ष्य कामपाको रहेको छ । कोभिडको लक्षण देखिएका, कन्ट्रयाक्ट ट्रेसिङमा परेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षण गर्न लागिएको हो ।

कामपाले परीक्षणको प्रारम्भिक योजना बनाएको छ । जसअनुसार ठूला १५ वटा वडामा प्रति वडा २ वटा केन्द्र राखेर परीक्षण गरिनेछ भने १७ वटा साना वडामा हरेक १÷१ वटा केन्द्र राखिनेछन् । परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेनका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरिएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.