भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

महामारीको स्थिति भयावह हुदै, काेराेनाविरुद्धको लडाईंमा काठमाडौं पछि सर्यो : मन्त्री ज्ञवाली (भिडियाेसहित)

महामारीको स्थिति भयावह हुदै, काेराेनाविरुद्धको लडाईंमा काठमाडौं पछि सर्यो : मन्त्री ज्ञवाली (भिडियाेसहित)

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारी काठमाडौंमा भयावह दुदै जाने बताएका छन् । तर महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि सरेको भान भएको बताएका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाईमा पछि परेको जिकिर गरे । देशलाई नमुना दिने, दृष्टान्त प्रस्तुत गर्ने राजधानी कता कता महामारीविरुद्धको लडाईंमा पछाडि परेको जस्तो देखिँदैछ’ उनले भने ।काठमाडौंको व्यवस्थापनमा गम्भीर चुनौती देखिएको भन्दै मन्त्री ज्ञवालीले आम नागरिक, जनप्रतिनिधि र संघ संस्थालाई कोरोना महामारी नियन्त्रण गम्भिर बन्न आग्रह गरे ।

बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँमा अपनाइएको अभ्यास काठमाडौंमा गर्न जरुरी रहेको बताए । भाइरस अनियन्त्रित बनेमा अवस्था झन भयावह हुने भन्दै संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले धान्न नसक्ने बताए । कोरोना महामारीलाई हल्का ढंगले लिन नहुने भन्दै १० लाख ५० हजार भन्दा बढीको ज्यान लिने रोग सामान्य नभएको बताए । त्यसैले यस वर्ष दसैँलगायतका चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको भन्दै ज्ञवालीले आफ्ना अभिभावक र मान्यजनलाई कोरोनाबाट जोगाउन सबै सचेत हुनुपर्ने बताए ।

भिडियाे हेर्न यहाँ थिच्नुस…

https://www.facebook.com/Kailashkhabarnews/videos/342204643522363/

 


Thali Mobile Pvt.Ltd.