भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुरुपका अध्यक्ष चन्द्र ढकाल कोरोना मुक्त

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुरुपका अध्यक्ष चन्द्र ढकाल कोरोना मुक्त

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुरुपका अध्यक्ष चन्द्र ढकाल कोरोना मुक्त हुनु भएको छ । शनिवार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि कोराना मुक्त भएको सामाजिक सञ्जालबाट ढकालले सार्वजनिक गर्नुभएको हो ।  ढकालले दुई हप्ता गुप्तबासको अवधिमा आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गरी स्वास्थ्यलाभको कामना गर्ने देशका विभिन्न क्षेत्रका महानुभावहरु, नेपाल उद्योग वाणिज्य महासंघसहित देशका समग्र व्यवसायी एवं सबैप्रति कृतज्ञ रहेको उल्लेख गर्नुभएको छु ।

ढकालले सामाजिक सञ्जालमा भन्नुभएको छ “यहाँहरुको सद्भाव, शुभेच्छा र मायाले नै मैले कोभिड भाइरसलाई परास्त गर्न सकेको महसुस गरेको छु” यसबीचमा यहाँहरुको फोन रिसिभ गर्न तथा एसएमएस आदिको जवाफ लेख्न असमर्थ भएकोमा सबैप्रति क्षमाप्रार्थी रहेको अध्यक्ष ढकालले लेख्नु भएको छ । महामारीको अवस्थामा स्वदेश तथा संसारभरि रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई स्वास्थ्य सजगता र सतर्कता अपनाउदै सपरिवार सुरक्षित रहन ढकालले आग्रह गर्नुभएको छ ।

कारोना भाइरस (कोभिड १९) बाट संक्रमित भई उपचार गराइरहेका सबैको शीघ्र स्वास्थ्य लाभको कामना समेत ढकालले गनुभएको छ ।  अध्यक्ष ढकालले आफ्नो उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकमीहरु, आफ्नो परिवारका सदस्य तथा आफन्तजनहरुको सहयोगको सराहना गर्दै सबैलाई धन्यवाद समेत दिनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.