भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महालक्ष्मीद्धारा उद्यमीलाई ३५ लाख सहयोग

महालक्ष्मीद्धारा उद्यमीलाई ३५ लाख सहयोग

ललितपुर । महालक्ष्मी नगरपालिकाले ‘नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत यहाँका उद्यमीलाई रु ३५ लाख सहयोग गरेको छ ।
नगरपालिकामा कृषि, पशुपालन, पर्यटन, सिलाइ–कटाइ, हस्तकला, शिक्षा, सूचना प्रविधि र खेलकुद जस्ता क्षेत्रमा उद्यम गर्दै आएका व्यक्तिको व्यवसाय बढाउन महालक्ष्मीले सो मूल्य बराबरको रकम सहयोग गरेको हो ।

नगरपालिकामा विभिन्न उद्यम गरेर बसेका व्यक्तिहरुमध्ये २५ लाई उनीहरुको कामका मूल्याङ्कनका आधारमा रु ३५ लाख सहयोग गरेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणमा छनोट भएकाले उत्साहका साथ काम गर्नुहुनेछ । कार्यक्रममा ८८ उद्यमीको निवेदन परेकामा २५ को पूँजी लगानी सीमा, आर्थिक अवस्था, उद्यमसँग सम्बन्धित सीप, रोजगारी सृजना गर्ने क्षमता आदि हेरेर चेकका साथै व्यवसायको साइन बोर्ड समेत हस्तान्तरण गयौँ ।”

नगरपालिकाले उद्यमी हितमा प्रविधि हस्तान्तरण गर्नाका साथै व्यवसाय स्तरोन्नतिमा सहयोग र उत्पादीत बस्तुलाई बजारीकरण समेत गरिदिने योजना बनाएको श्रेष्ठले जानकारी गराउनुभयो । कार्यक्रमले भविष्यमा नयाँ तवरको व्यवसायी उत्पादनमा प्रेरणा मिल्ने उपप्रमुख निर्मला थापाले बताइन्र । महालक्ष्मीले आउँदो आर्थिक वर्ष २०७८–०७९ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्र राम्रा उद्यमी विकासका लागि वातावरण प्रदूषण गर्ने उद्योगहरु स्थापना एवं सञ्चालनमा रोक, महिला, आदिवासी, अपाङ्गता भएका व्यक्तिले सामूहिक रुपमा सञ्चालन गरेको उद्योग तथा व्यवसाय दर्ता एवं वार्षिक करमा ५० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।

यसैगरी नगरपालिका भित्र सञ्चालन भइरहेका परम्परागत ढाका, सुकुल, माटोका भाँडाकुँडा, हस्तकाला सम्बन्धित घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्न महालक्ष्मीले वार्षिक करमा दिँदै आएको २५ प्रतिशत छुटलाई निरन्तरता दिनाका साथै सो वस्तु बजारीकरणमा सहयोग गर्न कोसेली घर सञ्चालन गरिदिने योजना सार्वजनिक गरको थियो ।

 


Thali Mobile Pvt.Ltd.