भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्वः प्रदेश प्रमुख परियार

माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्वः प्रदेश प्रमुख परियार

कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्व भएको बताउनुभएको छ ।थारू जातिको माघी र मगर जातिको माघे सकरातीका रूपमा मनाइने पर्वको अवसरमा आज एक शुभकामना सन्देशमार्फत देश तथा विदेशमा बसेका आमाबुवा, दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्णमा नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख परियारले माघी सबै भेग, क्षेत्रको सांस्कृतिक र भाइराचार सम्बन्ध कायम गर्ने विशिष्ट पहिचान बोकेको पर्व भएको उल्लेख गर्नुभएको छ ।

एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “माघी, माघे वा मकर सङ्क्रान्ति दिएर विभिन्न नामले मुलुकभित्र रहेका सबै जाति, भाषा, धर्म र समुदायका मानिसले मनाउने पर्वले हामी सबैलाई एकै मालामा गाँसेको छ । यसले संविधानको स्वीकार्यतालाई बढाउँदै त्यसको कार्यान्वयन जोड दिन हिमाल, पहाड र तराईमा बस्ने सबै समुदायलाई एकाकार हुन सहयोग पुर्‍याएको छ ।”

बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक सुन्दर देश नेपालमा अनेकतामा एकता र विविधतामा विशिष्टता रहेको जनाउँदै यो पर्वले राष्ट्रिय एकता, स्वाभिमान र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँदै मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिल्ने विश्वास लिएको प्रदेश प्रमुख परियारले बताउनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.