भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

माडीको बोटे सामुदायिक घरवास सञ्चालनमा

माडीको बोटे सामुदायिक घरवास सञ्चालनमा

चितवन । चितवनको माडीमा बोटे सामुदायिक घरवास सञ्चालनमा आएको छ । माडी नगरपालिका–१ वनकट्टास्थित बोटेटोलमा रहेका १० घरवास सञ्चालनमा आएका हुन् । मङ्सिर महिनादेखि घरवासमा पाहुना आउन शुरु गरेको अध्यक्ष सन्तोषप्रसाद बोटले जानकारी दिनुभयो । उहाँले पाहुना आउन थालेपछि गाउँलेमा खुशी र उत्साह जागेको बताउनुभयो ।

प्रत्येक घरवासमा चार जनासम्म बस्न मिल्ने व्यवस्था गरिएको छ । अन्य दुई घरवास निर्माणको चरणमा छन् । आवश्यकतानुसार क्षमता बढाउँदै लैजाने तयारी गरिएको छ । घरवासको औपचारिक उद्घाटन गर्न भने बाँकी रहेको अध्यक्ष बोटले जानकारी दिनुभयो । माडी नगरपालिका, पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति र तराई भूपरिधि कार्यक्रम ९ताल० को सहयोगमा घरवास निर्माण गरिएको हो ।

शान्त वातावरणमा सञ्चालित घरवासमा बसेर रमणीय दृश्यावलोकन गर्नुका साथै नदी किनारमा आएका जङ्गली जनावर पनि देख्न सकिने भएकाले पर्यटकका लागि बोटे घरवास आकर्षणको केन्द्र बन्ने कोषाध्यक्ष जगनारायण बोटले बताउनुभयो । घरवासमा आउने पाहुनालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले माडी नगरपालिका र स्वीच प्रोजेक्टको सहयोगमा बोटे सामुदायिक सांस्कृतिक भवन निर्माण भइरहेको जानकारी दिँदै उहाँले बोटे, थारूलगायत विभिन्न जातजातिका संस्कृति देखाएर पर्यटकलाई मनोरञ्जन दिन लागिएको जानकारी दिनुभयो ।

धार्मिक क्षेत्र गोद्धकधाम बोटेटोलबाट करिब एक किमी पश्चिममा पर्छ । गोद्धकमा पाँच पाण्डव गुप्तवास बसेको, परशुरामले मातृ हत्याको दोषमुक्त हुन स्नान गरेको कुण्ड, भीमइनार, भीममन्दिर, अष्टभुजाको शिवलिङ्ग, कुकुरनाथ, बिरालोनाथलगायतका ठाउँहरु छन् । रामनवमी, शिवरात्रि, साउने मेलामा गोद्धकमा दर्शानार्थी बढी आउँछन् । सो क्षेत्रमा सामूहिक माछापोखरी पनि छन् ।

माडी–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले वाल्मीकि आश्रमदेखि गोद्धक क्षेत्र जोड्न सके धेरै आन्तरिक तथा बाह्य पर्यटक बढ्ने बताउनुहुन्छ । “गोद्धक क्षेत्र चिनाउन घरवासले थप सघाउनेछ्”, उहाँले भन्नुभयो, “स्थानीय रहनसहन र संस्कृतिको अवलोकन गर्दै गोद्धक घुम्न पाइनेछ ।” चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको बोटेटोल बर्सेनि जङ्गली जनावर र डुबानको समस्या झेल्दै आएको बस्ती हो ।रासस

 


Thali Mobile Pvt.Ltd.