भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

मालीका अन्तरिम राष्ट्रपतिमाथि आक्रमण, उहाँ ‘सुरक्षित र सकुशल’ भएको जानकारी

मालीका अन्तरिम राष्ट्रपतिमाथि आक्रमण, उहाँ ‘सुरक्षित र सकुशल’ भएको जानकारी

मालीका अन्तरिम राष्ट्रपति असिमी गोइतालाई मङ्गलबार मस्जिदमा प्रार्थना गर्ने क्रममा आक्रमण गर्ने प्रयास भएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

उहाँलाई दुई व्यक्तिले आक्रमण गरेको तर उहाँ रहेको उहाँको कार्यालयले एएफपीका सम्वाददातालाई बताएको छ । आक्रमणकारी दुई व्यक्तिमध्ये एकसँग धारिलो हतियार (चक्कु) भेटिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिम राष्ट्रपति गाइतालाई ईद उल–अधाको इस्लामिक पर्वको लागि गरिएको प्रार्थनाको क्रममा उक्त आक्रमण भएको हो ।

एक सञ्चारकर्मीका अनुसार गोइतालाई घटनास्थलबाट अन्यत्र जाने व्यवस्था मिलाइएको छ । उहाँ घाइते भएको वा नभएको अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

राष्ट्रपति कार्यालयका पदका एक अधिकारीले गोइत “सुरक्षित र सकुशल’ पुष्टि गरेका छन् । गोइतलाई राजधानीबाहिरको एक सैनिक शिबिरमा लगिएको राष्ट्रपतिको कार्यालयले बताएको छ । उक्त स्थानमा सुरक्षा व्यवस्था थप सुदृढ गरिएको बताइएको छ ।

धार्मिक मामिला मन्त्री मामाडो कोनले एएफपीसँग गरेको कुराकानीमा एक व्यक्तिले ‘राष्ट्रपति’लाई चक्कु प्रहार गरी हत्या गर्न खोजेको बताउनुभयो । राष्ट्रपतिका सुरक्षा गार्डले उक्त आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएका थिए भने आरोपित एक व्यक्ति घाइते अवस्थामा पक्राउ परेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.