भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

मित्रराष्ट्रको प्रतिष्ठामा आँच आउने गतिविधिप्रति गृह मन्त्रालयको आपत्ति

मित्रराष्ट्रको प्रतिष्ठामा आँच आउने गतिविधिप्रति गृह मन्त्रालयको आपत्ति

काठमाडौँ, । गृह मन्त्रालयले मित्रराष्ट्रको सम्बन्धमा आँच आउने गतिविधि भएकोप्रति आपत्ति प्रकट गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विगत केही दिनदेखि छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिवधिप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता उच्छृङ्खल गतिविधिप्रति आपत्ति जनाएको हो ।

“नेपाल सरकार सबै मित्रराष्ट्रसँग पारस्परिक सम्बन्ध अझै प्रगाढ गर्न चाहन्छ, नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा मन्त्रालय कटिबद्ध छ, मित्रराष्ट्रको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैमा आग्रह गरिन्छ”, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले छिमेकी मुलुकसँगको उत्पन्न समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको जानकारी गराउँदै भविष्यमा पनि त्यस्ता समस्या वार्ता, संवाद र कूटनीतिक माध्यामबाटै समाधान गरिने विज्ञप्तिमा उल्लेख गरेको छ । मन्त्रालयले मित्रराष्ट्रविरुद्ध लक्षित गतिविधि नियन्त्रणका लागि त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ । यसअघि शुक्रबार पनि मन्त्रालयले विज्ञपित जारी गरी मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ ।

मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना र त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र उनीहरुका सम्पतिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चार माध्याम–सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी तथा धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधि भएकोप्रति ध्यानाकर्षण भएको जनाएको थियो । विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रसँगको सम्बन्धमा नै आँच आउने खालका कुनै पनि गतिविधि नगर्न र नगराउन विज्ञप्तिमा भनेको थियो ।

 


Thali Mobile Pvt.Ltd.