भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

मिथिलामा गुरु पूर्णिमा मनाइँदै

मिथिलामा गुरु पूर्णिमा मनाइँदै

काठमाडाैं । हिन्दू परम्पराका अनुयायी मैथिल ९मिथिलाका बासिन्दा० आज गुरु पूर्णिमा मनाउँँदैछन् । हाल मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा गुरुप्रति विशेष श्रद्धाभावले यो पर्व मनाइँदैछ ।

असार पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाउने हिन्दू परम्परा छ । यस पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्रआभूषण फेराउने र मिष्ठान्न भोजन गराउने मैथिल परम्परा छ । पर्वविशेषले मिथिलाक्षेत्रमा आज बजारमा चहलपहल ह्वात्तै बढेको छ । गुरुका लागि वस्त्र, मिष्ठान्न परिकार र फलफूल किन्नेको बजारमा भिड छ । धार्मिक मठमा प्रवचन र गुरुपूजासहितका कार्यक्रम आयोजन गरिएका छन् ।

संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको हुँदा पूर्वीय परम्परामा यस पर्वको महत्व निकै रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल बताउनुहुन्छ ।

अज्ञानता रुपी अन्धकारको नाश गरी जीवनमा ज्ञानको ज्योति दिने, फैलाउने व्यक्तिलाई नै ‘गुरु’ भनिन्छ । यस्ता गुरुलाई पूर्वीय दर्शन र शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरसहितका त्रीदेवका रुपमा मानेको मटिहानीकै याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका भाषा साहित्यका सहपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

“गुरुबह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परबह्म तस्मै श्रीगुरवे नमः।।”

विभिन्न शास्त्रमा गुरुलाई त्रिदेव मानिएको यो प्रसङ्ग पनि सहप्राध्यापक रायले स्मरण गर्नुभयो । पूर्वीय दर्शन परम्पराका स्थापित धर्मग्रन्थ वेद, पुराण, उपनिषद, रामायण र महाभारतसहित महाकाव्यका रचयिता महामुनि कृष्ण द्वैपायन ९वेदब्यास० को जन्म दिन असार पूर्णिमा नै मानिएको हुँदा उहाँप्रतिको सम्मानभावबाट नै हिन्दू परम्परामा यो पर्वको परम्परा बसेको रायको भनाइ छ ।

माता–पिताजस्तै गुरुलाई पनि देवता समान मानेर ‘आचार्यदेवो भव’ भनिने हिन्दू वैदिक परम्परा छ । पर्वले गुरुप्रति अहोेभाव ९कृतज्ञता० ब्यक्त गर्न सिकाएको छ । श्रेष्ठजनको सम्मान गर्ने शिष्टता र नैतिक आचरण एवं कृतज्ञताभाव बढाउने हुँदा पर्वले सामाजिक, सांस्कृतिक र पारम्परिक दायित्व र यसको महत्व अझ उज्यालो बनाउने बर्दिवास जनता बहुमुखी क्याम्पसका प्रचार्य तोपबहादुर ठकुरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.