भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ | भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी |

मुक्तहलिया महिला भन्छन्ः ‘आयमूलक काम पाए हुन्थ्यो’

मुक्तहलिया महिला भन्छन्ः ‘आयमूलक काम पाए हुन्थ्यो’

काठमाडाैं । गत वर्ष सरकारले ४२ परिवार मुक्तहलियालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत यहाँको पुर्नवास नगरपालिका–९ सीताबस्तीमामा पुनःस्थापना ग¥यो । १२ धुर जग्गा र दुईकोठे पक्की भवन उनीहरुलाई हस्तान्तरण गरे पनि बस्तीमा खानेपानी, बिजुलीलगायतका पूर्वाधार अझै पूरा भएको छैन । “४२ परिवार मुक्तहलिया भएको यो बस्तीमा दुईवटा नल्का (धारा) छन् ।” मुक्तहलिया बस्तीका सिर्जना सुनारले भन्नुभयो, “सरकारले घरबास त दियो, बेरोजगारी समस्याले फेरि हलिया नै बस्नुपर्ने अवस्था छ ।” उहाँले बस्तीमा बिजुलीको व्यवस्था पनि राम्रोसित हुन नसकेको बताउनुभयो ।

यहाँको मोतियाफाँटाबाट मुक्तहलियालाई सीताबस्तीमा पुनःस्थापना गरेको भए पनि स्थानीयलाई आयमूलक काममा लाग्न मद्दत हुने विभिन्न सीपमूलक तालिम माग गरेका छन् । “भारतीयले जङ्गलबाट दाउरा ल्याउन दिएन भने घरमा चुलो नै बल्दैन ।” राधिका सुनारले भन्नुभयो, “बस्तीका सबै महिला सिलाइकटाइलगायतका सीपमूलक तालिम पाए काम गरेर खाने थिए ।”

उहाँले आयआर्जनका लागि स्थानीयदेखि सङ्घीय सरकारले मुक्तहलियाका लागि केही पनि सहयोग नगरेको गुनासो गर्नुभयो । “दलितका नाउँमा आउने सहयोग कस्तो हुन्छ हामीलाई त थाहा नै छैन ।” सुनारले भन्नुभयो, “दलितभित्र पनि निम्न आयस्रोत भएकालाई कुनैखालको सुविधा उपभोग गर्न पाएनौँ ।” बस्तीका अधिकांश पुरुष भने रोजगारीका लागि भारत जानुका साथै गाउँघरमै ज्यालादारी गरिरहेका छन् ।“हलियाबाट मुक्त भए पनि पारिवारिक अवस्था दयनीय नै छ ।” मुक्तहलिया बस्तीका मञ्जु विश्वकर्माले भन्नुभयो, “मुलुकमा जतिसुकै विकास भए पनि मुक्तहलियाको दैनिकीमा दुःख नै रहे ।”

 


Thali Mobile Pvt.Ltd.