भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

मुगु, । कर्णाली प्रदेशको मुुगुलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख उमेश गौतमले बताए।

जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगु मकार्मा रोङ्ग गाउँपालिकालाई यसअघि पूर्णखोप सुनिश्चितता घोषणा गरिएकाले सोही आधारमा जिल्लालाई पनि घोषणा गरिएको उनको भनाइ छ । घोषणा कार्यक्रममा छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम, सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही, मुगु मकार्मा रोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामालगायत सहभागी थिए ।

 


Thali Mobile Pvt.Ltd.