भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुलुकको सबैभन्दा ठूलो औद्योगिक पार्कको डिपिआर स्वीकृत

मुलुकको सबैभन्दा ठूलो औद्योगिक पार्कको डिपिआर स्वीकृत

काठमाडौँ । सरकारले मुलुकको सबैभन्दा ठूलो औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन डिपिआर स्वीकृत गरेको छ । लगानी बोर्डको आज बसेको बैठकले चाइना नेपाल फ्रेण्डसिप इन्डस्ट्रियल पार्कको डिपिआर स्वीकृत गरेको हो । बोर्डका प्रवक्ता भूपाल बरालका अनुसार डिपिआर स्वीकृतिसँगै अब विकासकर्तासँग परियोजना विकास सम्झौताका लागि आवश्यक तयारी गर्न अनुमति समेत प्राप्त भएको छ ।

बैठकले माथिल्लो तमोर जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ । सो आयोजनाको कूल लगानी करिब रु ६४ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ । सो आयोजनाको कूल क्षमता २८४ मेगावाट रहेको छ । यस्तै, रु ३३ अर्ब ४१ करोड ४० लाख लगानी रहने तल्लो मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाको पनि लगानी स्वीकृत गरिएको छ । सो आयोजनाको कूल क्षमता १३९।२ मेगावाट रहेको छ ।

यस्तै, बैठकले संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभिएन लिमिटेड इण्डियासँग गरिने सम्झदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ । सो आयोजानको क्षमता ६७९ मेगावाट रहेको छ । बैठकले पश्चिम सेती र एसआर ६ संयुक्त जलविद्युत् आयोजानको विकास तथा लगानीको खाका तयार पार्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

सो समितिले आवश्यक खाका तयार पारी पेश गर्नेछ । त्यस्तै, अरुण तेस्रो जलविद्युत् आयोजनाको परियोजना प्रवेश मार्गअन्तर्गत रहेको छ्याङ्कुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जासम्बन्धी परियोजनाको विकास गर्दा त्यससँगै प्रसारण प्रणालीको समेत निर्माण कार्य अगाडि बढाउन निर्देशन दिए । त्यसका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देश गर्नुभएको प्रवक्ता बरालले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.