भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

मेलम्ची नगरको विपद् कोषमा शिक्षकको सहयोग

मेलम्ची नगरको विपद् कोषमा शिक्षकको सहयोग

सिन्धुपालचोक । मेलम्ची नगरपालिकाले शुरु गरेको मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा मेलम्चीका शिक्षकहरुले तीन दिन बराबरको तलब जम्मा गरेका छन । नगरपालिकामा कार्यरत शिक्षकको तीन दिन बराबर हुन आउने रकम रु ११ लाख ३६ हजार ८३९ एकमुष्ट जम्मा गरिएको नेपाल शिक्षक महासङ्घ मेलम्ची नगरपालिका समितिका अध्यक्ष शिवप्रसाद ढुङ्गानाले जानकारी दिए ।

यही असार १ गते मेलम्ची तथा इन्द्रावती नदीमा बाढी आउँदा हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा ठूलो धनजनको क्षति भएको थियो । बाढमिा सयौँ घर बगाउनुका साथै मानवीय क्षतिसमेत भएको थियो । मेलम्ची–६ मा रहेको तेर्से माध्यमिक विद्यालयमा समेत क्षति पु¥याएको थियो । विपद्को यस घडीमा पीडितहरुलाई सहयोग गर्नु र नगरपालिकालाई साथ दिनु कर्तव्य ठानी उक्त सहयोग गरिएको ढुङ्गानाले बताए।

हुतराजको एक लाख सहयोग उक्त कोषमा हुतराज अर्धचन्द्र जनहितकारी संस्थाले रु एक लाख एक हजार जम्मा गरेको छ । सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको सो संस्थाले तत्कालको राहतका लागि उक्त रकम सहयोग गरेको र पछि थप रकम सहयोग गर्ने संस्थाका सचिव सुर्दशन पाण्डेले जानकारी दिए ।

संस्थाले जिल्लाका बाढी पहिरो पीडितका लागि अक्षयकोष स्थापना गरी रु दुई लाख जम्मा गरेको र हालसम्म रु पाँच लाख पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार अमेरिकामा बसोबास गर्दै आएका डा दामोदर पाण्डेको समन्वयमा गो फन्ड कोष स्थापना गरी सङ्कलन गरिएको रकम प्रभावित स्थानीय तहलाई हस्तान्तरण गरिने छ ।

 


Thali Mobile Pvt.Ltd.