भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

‘मैले जेजे भन्छु त्यही मान्नु नभए मारिदिन्छु’ भन्दै पालैपालो किशोरीमाथि बलात्कार

‘मैले जेजे भन्छु त्यही मान्नु नभए मारिदिन्छु’ भन्दै पालैपालो किशोरीमाथि बलात्कार

विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ की एक १६ वर्षीया दलित किशोरीमाथि अनौठो ढंगले बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। छिमेकका ११, १२ र १३ वर्षका भाइहरुलाई लिएर जंगलमा निगुरो टिप्न गएकी किशोरीमाथि बलात्कार भएको हो ।

घटना मंगलबार दिउँसो ३ बजेतिर भएको प्रहरीलेको भनाइ छ । लक्ष्मीमार्गको जंगलमा निगुरो टिप्दै गरेको ठाउँमा पुगेका चिनजानकै ४० वर्षीय होम तामाङले किशोरी र बालकहरु चारै जनालाई नियन्त्रणमा लिएर घटना गराएको पत्ता लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालकहरुलाई ‘मैले जेजे भन्छु त्यही मान्नु नभए मारिदिन्छु’ भन्दै पालैपालो किशोरीमाथि बलात्कार गर्न लगाए ।

त्यसपछि तामाङ आफैँले पनि बलात्कार गरेको खुलेको छ । तामाङले सुरुमा चारै जनालाई नियन्त्रणमा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरीले भने, ‘नियन्त्रणमा लिएपछि डर, धम्की र त्रास देखाउँदै तीन जना कलिला उमेरका बालकलाई नाता सम्बन्धकी किशोरीमाथि बलात्कार गर्न लगाएर त्यसपछि आफूले पनि बलात्कार गरेको पाइयो ।’

तामाङले उनीहरुकै अगाडि किशोरीलाई बलात्कार गरे । मोबाइलबाट भिडियोसमेत बनाएको खुलेको अनुसनधानमा संलग्न प्रहरीले बताए । अमानवीय घटना भएपछि उनीहरु निगुरो नलिइकन साँझमा घर फर्किएको किशोरीका एक आफन्तले बताए । तामाङले धम्की दिएर आफूहरुलाई जबरजस्ती बलात्कार गर्न बाध्य पारेको बालकहरुले बताएका छन् । घटना बाहिरिएपछि बलात्कारमा संलग्न तामाङ फरार रहेकाले खोजी कार्य जारी रहेकाे र घटनाको गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

 


Thali Mobile Pvt.Ltd.