भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

एक करोड १४ लाख भिडियो किन हटायो युटुवले ?

एक करोड १४ लाख भिडियो किन हटायो युटुवले ?

काठमाडाैं । कम्पनीको मापदण्ड विपरीतका एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको युट्युबले जनाएको छ । यस वर्षको दोस्रो त्रैमासिक अवधिमा रहेका भिडियोहरू हटाइएको कम्पनीद्वारा उल्लेख गरेको छ ।

प्राप्त उजुरी र मूल्यांकनका आधारमा ती भिडियो हटाउनुपरेको स्पष्ट पारेको छ । सन् २०२० को अप्रिलदेखि जुनसम्मको अवधिका ती भिडियो हटाइएको हो । यस वर्ष अत्यधिक भिडियो हटाउनुपरेको कम्पनीले जनाएको छ ।

‘समाज र मानवप्रतिको जिम्मेवारी हाम्रो उच्च प्राथमिकताको विषय हो, कतिपय भिडियो सामग्रीले त्यसलाई दखल पार्ने निष्कर्षका साथ हामीले हटाएका छौँ,’ कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । बालसुरक्षा र हिंसालाई भड्काउन नदिनेतर्फ कम्पनी सचेत रहेको पनि वक्तव्यमा जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.