भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

वीपीमा ३ जना कोरोना संक्रमितको मृत्यु

वीपीमा ३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३ जना कोरोना संक्रमतिको उपचारको क्रममा निधन भएको छ। आज बिहानै थप २ जना संक्रमितको कोभिड अस्पतालमा उपचारको क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ ।

प्रवक्ता डा।निदेश सापकोटाका अनुसार आज बिहानै मृत्यु हुनेमा झापाका ८३ बर्षीय वृद्ध र मोरङकी ५६ बर्षीया महिला छिन्। दमक ३ घर भएका वृद्धलाई बि एण्ड सि हस्पिटलले रिफर गरेर वीपीमा आएका थिए । भदौ ३ गते कोरोना पोजेटिभ पुष्टि भएका उनी सोही दिन वीपीमा भर्ना भएका उनको आज बिहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

यस्तै, अर्का मृतक मोरङ बेलबारी ५ की महिलालाई कोशी अंचल अस्पतालले रिफर गरेर वीपीमा भदौ ९ गते भर्ना भएकी थिइन्। उनको सोही दिन पिसिआर पोजेटिभ आएको थियो । उनको पनि आज बिहान ३ बजेर १४ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। दुवैको शव व्यवस्थापनको कार्य भइरहेको पनि प्रतिष्ठानले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.