भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

मोदीले जलसेनालाई युद्धपोत हस्तान्तरण गर्दै

मोदीले जलसेनालाई युद्धपोत हस्तान्तरण गर्दै

काठमाडौं । भारतले पहिलोपटक आफैले निर्माण गरेको विमान बाहक युद्धपोत आज सञ्चालनमा ल्याउँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले कोचीन शिपयार्ड लिमिटेड कोचीमा यो युद्धपोत जल सेनालाई हस्तान्तरण गर्न लागेका हुन ।

आईएनएस विक्रान्त नाम दिइएको युद्धपोत भारतले १३ वर्ष लगाएर निर्माण गरेको बुझिएको छ । ४५ हजार टन तौल क्षमता रहेको यो युद्धपोत २ सय ६२ मिटर लामो र ६२ मिटर चौडा रहेको छ । यो युद्धपोतमा ४ सय ५० किलोमिटर मार हान्ने क्षमताको ब्रह्मोस मिसाइल परिचालन हुने बताइएको छ ।

एकै साथ ३० वटा लडाकु विमान पार्किङ गर्न सकिने यो युद्धपोतबाट २९ के फाइटर जेटले पनि उडान भर्न सक्ने छ । एन्टी एयर, एन्टी–सरफेस र ल्याण्ड अट्याक गर्न सक्ने क्षमताका हतियारहरु समेत यसमा राखिएको छ ।

१५ सय जवान बस्न सक्ने र उनीहरुका लागि आधारभूत आवश्यकताका वस्तुहरु राख्ने व्यवस्था मिलाइएको छ । युद्धपोतमा ८८ मेगावाट बिजुली निकाल्न ४ वटा टवाईन जोडिएको छ । यो युद्धपोत सञ्चालनमा आएसँगै भारत सैन्य युद्धपोतमा पनि आत्मनिर्भर हुने विश्वास गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.