भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

मौसम परिवर्तनका कारण बिरामीको संख्यामा वृद्धि

मौसम परिवर्तनका कारण बिरामीको संख्यामा वृद्धि

इलाम । इलाम अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएको छ । एकाएक बढेको गर्मीका कारण अस्पतालमा विरामीको संख्यामा बृद्धि भएको हो । इलाम अस्पतालमा दैनिक २ सयको संख्यामा बिरामी आइरहेको जनाइएको छ । पानी पर्ने सीजनमा पानी नपरी घाम लाग्दा पहाडी जिल्लाहरूमा समेत गर्मी बढेपछि इलाम अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नभएका कारण पनि उपचारमा समस्या भएको छ ।

प्रसस्त मात्रामा पानी पिउनु पर्ने र मास्कको प्रयोग र भिडभाडबाट जोगिन समेत चिकित्सकहरूले सुझाव दिएका छन् । असार अन्तिम सातादेखी नै घाम लागेर भएको मौसम परिवर्तनका कारण बिरामीको संख्यामा वृद्धि भएको हो । इलाम अस्पतालमा रुघाखोकी, ज्वरोका बिरामी बढी आउने गरेका छन् । गर्मी र बर्खायाममा आउने दूषित पानीका कारण बिरामीको संख्यामा वृर्द्धि भएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.