काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी भएको आगलागीमा लाखौंको धनमाल जलेर नष्ट भएको छ । मंगलबार म्याग्दीको बेनी नगरपालिका ८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा भएको आगलागीमा लाखौंको धनमाल जलेर नष्ट भएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिएको जनाइएको छ ।
रघुगंगा डेरीबाट सुरु भएको आगो नयन स्टोर्समा समेत सल्किएको नेपाल प्रहरीले जनाएको छ । आगलागीको क्रममा ग्यास सिलिण्डर पड्किीनुका साथै पसलभित्रको बिजुलीको तार सट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन नभएको र आगलागी भएको घर सुनचाँदी व्यवसायी जीवनबहादुर विश्वकर्माको भएको म्याग्दी प्रहरीले जनाएको छ ।

