भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

थप ४६८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २६,०१९ पुग्दा १०२ जनाको मृत्यु, कुन जिल्लामा कति ? (भिडियो)

थप ४६८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २६,०१९ पुग्दा १०२ जनाको मृत्यु, कुन जिल्लामा कति ? (भिडियो)

३१ साउन २०७७ काठमाडौं । नेपालमा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार १९ जना पुगेको छ । आज १२४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १७ हजार २०१ उपचारपछि निको भएका छन् भने हालसम्म १०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उपत्यकामा ९८ संक्रमित थपिए
उपत्यकामा ९८ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ८०, भक्तपुर र ललितपुरमा ९÷९ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीन जना संक्रमितको मृत्यु
थप तीन जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय २ पुगेको छ । कपिलवस्तु, पर्सा र धनुषाका १/१ जना संक्रमितको मृत्यु भएको हो । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ७ का ४० वर्षीय एक पुरुषको उपचारको क्रममा शनिबार मृत्यु भएको छ । तीन महिना अघि भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए ।

यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १२ का ६० वर्षीय पुरुषको साउन ३० गते मृत्यु भएको हो । धुनषा जिल्लामा कोरोना संक्रमित एक पुरुषको साउन २९ गते मृत्यु भएको थियो । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं ४ का ५० वर्षीय पुरुषको थप उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । १ सय २ मृतकमध्ये ८० पुरुष र २२ महिला छन् । सबैभन्दा धेरै प्रदेश २ मा कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश २ मा मात्र ३३ पुरुष र ११ महिला गरी ४४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। बागमतीमा १८, प्रदेश ५ मा १३, प्रदेश १ मा ९, सुदूरपश्चिममा ८, गण्डकीमा ६ र कर्णालीमा ४ जना संक्रमितको मृत्यु भएको छ।

हेर्नुहाेस् भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/596689494264428/

थपिएका मध्य कुन जिल्लामा कति ?
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चितवनका ८, भेरी अस्पताल नेपालगञ्जमा बाँकेका ११ र बर्दियाका १२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ । बीध ल्याब ललितपुरमा काठमाडौंमा १० र ललितपुरका १, वीर अस्पतालमा भक्तपुर र धनुषाका १र१, काठमाडौंका ३ र काभ्रेपलाञ्चोकका २, बि एण्ड बि अस्पतालमा ललितपुर र रामेछापका १र१ जनामा कोरोना पुष्टि भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धुनषाका १, मोरङ र सप्तरीका २र२, सिरहाका ४, सुनसरीका १६ र तेह्रथुमका १, डडेल्धुरा अस्पताल प्रयोगशालामा बझाङ र डडेल्धुराका १र१ जनामा कोरोना पाइएको छ ।

कोरोना पुष्टि हुनेमा धुलिखेल अस्पतालमा चितवनका १, दोलखाका ५, काभ्रेपलाञ्चोकका ७ र रामेछापका १, कोशी अस्पतालमा मोरङका २५, सिरहा र उदयपुरका १र१, लुम्बिनी प्रादेशिक अस्पताल बुटलवमा कपिलवस्तु र नवलपरासी पूर्वका १र१ जना रहेका छन्। यस्तै, नारायणी अस्पताल वीरगञ्जमा बाराका २ र पर्साका २१, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भक्तपुरका ८ र काठमाडौंका ४, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २४ जनामा कोरोना भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २४, खोटाङका ६, पर्साका ३, रसुवाका १ र सर्लाहीका ४०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ८, सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका १ र सुर्खेतका ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ३८ र सुनसरीका ३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका १, कपिलवस्तुका ३१ र रुपन्देहीका २ जनामा कोरोना पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २५, महोत्तरीका ९ र सर्लाहीका ३, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरारप्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा बागलुङका २, गोरखाका १, कास्कीका ३, नवलपरासी पूर्व र स्याङका १र१ र तनहुँका २ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका १०, श्री वीरेन्द्र अस्पतालमा बर्दियाका २, काठमाडौंका ३ र रामेछापका १, सुरिया हेल्थ केयर प्रा।लि लाजिम्पाटमा काठमाडौंका २ जनामा कोरोना भेटिएको प्रवक्ता गौमतले जानकारी दिए ।

यस्तै, स्टार अस्पताल सानेपामा दाङका १, काठमाडौंका १०, ललितपुरका ७ र सिन्धुलीका १, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा बाराका १, मकवानपुरका २१, रौतहटका ४, सर्लाहीका ११ र उदयपुरका १, स्वास्थ्य कार्यालय दैलेखमा दैलेखका २ र सुर्खेतका १ जनामा कोरोना पुष्टि भएको छ। कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ५ लाख ५ हजार ६ सय ६० पुगेको छ। कुल संक्रमित मध्ये ८ हजार १ सय ९३ जना सक्रिय संक्रमित छन्। देशभर हाल १४ हजार ४ सय ४८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

१ सय २ संक्रमित आइसियु र भेन्टिलेटरमा
देशभर १ सय २ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । चार जना भेन्टिलेटर सहित १ सय २ जना संक्रमित आइसियुमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा चार जना भेन्टिलेटर र ४६ जना संक्रमित आइसियुमा उपचाररत छन् । प्रदेश २ मा ४३, प्रदेश ५ मा ८ र गण्डकीमा १ जना संक्रमित आइसियुमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन् । यसअघि शुक्रबार पनि आइसियु र भेन्टिलेटरमा रहेको संख्या १ सय २ नै थियो।

 


Thali Mobile Pvt.Ltd.