भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

अस्ट्रेलियाबासी नेपालीहरू यसपाली दशैं–तिहारमा बहुचर्चित पप गायकहरूसंग रमाउँदै

अस्ट्रेलियाबासी नेपालीहरू यसपाली दशैं–तिहारमा बहुचर्चित पप गायकहरूसंग रमाउँदै

काठमाडौं । यस पटकको दशैं तिहार अस्ट्रेलियामा बस्ने नेपालीको दमदार हुने भएको छ । नवीन के भट्टराई, सुगम पोखरेललगायत नेपाली पप क्षेत्रका बहुचर्चित गायकहरूसङै अस्ट्रेलियामा बस्ने नेपालीहरूले उमंगकासाथ नेपाली चाड मनाउने भएका हुन ।

नेपाल आईडल ४ का प्रतियोगी आदेश पौडेल पनि साथमा रहने बताइएको छ । दशै तिहारका अवसरमा अस्ट्रेलियाका विभिन्न ठाउँमा आफ्नो साङितिक प्रस्तुती दिने भएकाले नेपालीहरूमा उत्साह थपिएको छ ।

भर्सटाइल एजुकेसन एण्ड माइग्रेसनको प्रस्तुतीमा नेप सिन्ड्नी इभेन्ट्सद्वारा आयोजना हुने उक्त कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिडनी, लाउन्सेटन, बृस्बेन, गोलकोस्ट, केर्न्स, नियुक्यासल लगायत चर्चित ठाउँहरुमा प्रस्तुति रहने छ ।

अस्ट्रेलियामा साङितिक प्रस्तुती दिने कुराको जानकारी दिन पाउँदा गायक नवीन के भट्टराईले आफू उत्साहित भएको बताए । यो बर्षको ठूलो चाड संगीतमय हुने मा आशावादी भएको गायक सुगम पोखरेलले बताए ।

आफ्नो पहिलो साङितिक यात्रा दाईहरु संगै गर्न पाउँदा आफू निकै भाग्यमानी भएको आदेशले बताए । सेप्टेम्बर २३ देखि अक्टोबर अन्तिम हप्तासम्म हुने कार्यक्रम नेपालीहरुका लागि खुशीको कुरा भएको बताए ।

अस्ट्रेलियाबासी नेपालीहरुले संगीतमय तरिकाले दशैं तिहार मनाउन पहल गर्न पाउँने अवसर मिलेकोमा आशाको दियो अझ झकिझकाउ भएको कार्यक्रम संयोजक युट्सल दाहालले  कैलाश खबरलाई बताए । कार्यक्रम सभ्य र भव्य बनाउँन सबैको साथ र सहयोगको आवश्यक्ता रहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.