भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

यी हुन् संसारका चार खतरनाक जासूसी महिला

यी हुन् संसारका चार खतरनाक जासूसी महिला

काठमाडौं । जासूसीहरुको अनेक रुप हुन्छन् । उनीहरु अनुकूल परिस्थितिमा पनि भित्रि कुरा बाहिर निकाल्न समक्ष हुन्छन् । जासूसीका बारेमा संसारमा धेरै फिल्महरु पनि बनेका छन् । तर, आज हामी तपाईलाई संसारका खतरनाक पाँच महिला जासूसबारे जानकारी दिन गइरहेका छन् ।

डबल एजेन्ट ‘माता हारी’

मार्गेथा गीरत्रुइदा म्याकलियोडलाई मानिसहरु ‘माता हारी’को नाममा चिन्छन् । माता हारी एक कामुक नृत्यांगना थिइन् । जसको प्रथम विश्वयुद्धमा जासूसी गरेको आरोपमा गोली हानी हत्या भयो । सन् १९३१ मा माता हारीको जीवन कहानीमा आधारित हलिउड फिल्म बन्यो । जसमा ग्रेटा गर्बो मुख्य भूमिकामा थिइन् । मार्गेथाको जन्मको होल्याण्डमा भएको थियो र विवाह एक फौजी क्याप्टेनसँग भयो । तर, एक खराब सम्बन्धका कारण मार्गेथाले आफ्नो बच्चा समेत गुमाएकी थिइन् ।

सन् १९०५ मा मार्गेथाले आफैंलाई‍ ‘माता हारी’को पहिचान दिइन् । र, इटलीको मिलानस्थित ला स्काला र पेरिसको ओपेरामा एक कामुक नृत्यांगना बनेर स्थापित भएकी थिइन् । चर्चा कमाएसकेकी मार्गेथा आफ्नो पेसाका कारण जीवन जिउन गाह्रो भएन । यसकारण जर्मनीले प्रथम विश्वयुद्धको क्रममा माता हारी जर्मनीको जासूस बनिन् ।

माता हारीले कसैले मारिनन् तर उनको जासूसीको कारण लगभग ५० हजार फ्रान्सेली सैनिकको मृत्यु भयो । त्यसपछि फ्रान्सलाई उनीमाथि शंका लाग्न थाल्यो । सन् १९१७ फेब्रुअरीमा उनलाई पेरिसबाट गिरफ्तारी गरियो र अक्टोबरमा उनलाई गोली हानी मारियो ।उनको मृत्युको सय वर्षपछि अपराधबारे बहस सुरु हुन थालेको छ ।

शार्लेट कोर्डी

शार्लेटको पूरा नाम म्यारी एन शार्लेट डी कोर्डी थियो । उनी फ्रान्सको क्रान्तिको हिस्सा बनिन् । फ्रान्सको क्रान्तिमा हिंसा नचाहने शार्लेटले आफ्नो विपक्षी ज्याकोबिन समूहका नेता जीन पोल म्याराटको हत्या गरिदिइन् । सन् १७९३ जुलाईमा शार्लेटले म्याराटलाई चक्कु प्रहार गरिन् जब उनी बाथटबमा नुहाइरहेका थिए । हत्याको आरोपमा उनलाई पक्राउ गर्दा शार्लेटले देशकै निम्ती आफूले त्यस कदम चालेको बताएकी थिइन् । उनले दावी गरिन् कि उक्त एक हत्याले हजारौं मानिसहरुको ज्यान बच्यो । तर, त्यसको चार दिनपछि उनले सजाय पाइन् ।

शी जिआनकिआओ

जासूस आफ्नो उपनाम राख्न मन पराउँछन् । यस तथ्यलाई यथार्थमा बदल्दै शी ले जासूसी संसारमा शी जिआनकिआओ राखिन् । जिआनकिआओ आफ्नो पिताको हत्याको बदला लिनकै लागि जासूसी बनिन् । उनको हत्या चीनका नेता सुन चुआंगफांगले सन् १९२५ मा गरेका थिए । १० वर्षपछि जिआनकिआओले चुआंगफांगको शिरमा गोली हानिन् जब उनी एक बौद्ध मन्दिरमा पूजा गरिरहेका थिए । यस हत्या गरेपछि भाग्नुको सट्टा उनी घटनास्थलमा रोकिएर आफ्नो अपराध स्वीकारिन् । सन् १९७९ मा उनको निधन भयो ।

ब्रिगित मोअनहोप्ट

एक समय जर्मनीको सबैभन्दा शक्तिशाली महिला मानिएकी ब्रिगित मोअनहोप्ट रेड आर्मी फंशनकी सदस्य थिइन् । ब्रिगित सन् १९७७ मा जर्मनीको एक आतंकवादी गतिविधिमा संलग्न भइन् । ७० को दशकमा पश्चिम जर्मनीको एक वाम चरमपन्थी समूहद्वारा एकपछि अर्को हाइज्याक, हत्या र बम धमाका भए । विमान हाइज्याकसँगै लगभग ३० जनाको हत्या उक्त समूहले गर्‍यो ।

यस अपराध पश्चिम जर्मनीमा पूँजीवाद सखाप पार्ने नाममा गरिएको थियो । सन् १९८२ मा अपराधमा सामेल भएको कारण मोअनहोप्ट समातिइन् । उनलाई पाँच वर्षको जेल सजाय सुनाइयो । यसबाहेक उनलाई अन्य नौ हत्याको मामिलामा १५ वर्ष जेल सजाय दिइयो । मोअनहोप्टले कहिल्यै पनि आफ्नो अपराध स्वीकार गरिनन् । सन् २००७ मा उनी जेलबाट बाहिर आइन् । उनी अहिलेसम्म पनि जीवितै छिन् । (एजेन्सी

 


Thali Mobile Pvt.Ltd.