भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

युक्रेनमा भिषण आक्रमण, बिजुली आपूर्ति बन्द

युक्रेनमा भिषण आक्रमण, बिजुली आपूर्ति बन्द

एजेन्सी । युक्रेनका मुख्य शहरहरुमा रुसले क्षेप्यास्त्र आक्रमणको वर्षा गरेको छ । आक्रमणबाट ९ जनाको मृत्यु भएको छ । रुसले डिनिप्रो शहरको एउटा आवासीय भवनमा आक्रमण गरेको हो । युक्रेनका अधिकांश विद्युतीय पूर्वाधारहरु यसअघि नैं ध्वस्त पारेको रुसले शनिबार गरेको आक्रमणबाट थप पूर्वाधारहरुमा क्षति पुगेको छ ।

बेलायतले युक्रेनी सेनाको लागि च्यालेन्जर ट्यांक पठाउने घोष्णा गरेपछि थप रुष्ट बनेको रुसले युक्रेनमाथि धमाधम मिसाइल प्रहार गरेको हो । युक्रेनलाई कुनै पनि राष्ट्रले थप हतियार उपलब्ध गराए कारबाहीलाई तीब्रता दिने रुसले चेतावनी दिएको छ । ९ तले उक्त अपार्टमेन्ट भवन पूर्ण रुपमा ध्वस्त भएको छ । युक्रेनको उर्जा पूर्वाधार लक्षित आक्रमणका कारण कीभ, खार्किभ र ओडेसा शहरमा आपत्कालीन अन्धकार छाएको छ ।

 


Thali Mobile Pvt.Ltd.