भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

यूईएफए सुपर कपकाे भिडन्त आज हुदै

यूईएफए सुपर कपकाे भिडन्त आज हुदै

स्पेन । रियल म्याड्रिडले बुधबार जर्मनीको आइन्ट्राक्ट फ्रान्कफर्टसँग यूईएफए सुपर कपको उपाधि भिडन्त गर्दैछ। यूएएफए सुपर कप नयाँ सत्रको सुरुवातमा च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच हुने गर्दछ ।

सो खेल फिनल्यान्डको हेलसिन्कीमा हुनेछ । फिनल्यान्डमा पहिलो पटक यूईएफएको फाइनल हुन लागेको हो । रियल म्याड्रिड पाँचौँ पटक सुपर कप उपाधि जित्ने अभियानमा रहेको छ । रियल म्याड्रिडले सन् २०१७ पछि यो उपाधि हात पार्न सकेको छैन ।

जर्मनीको क्लब फ्रान्कफर्टले पहिलो पटक यूईएफए सुपर कपको उपाधि भिडन्त गर्दैछ । युरोपा लिगको फाइनलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा हराएपछि फ्रान्कफर्टले यो प्रतिष्ठित उपाधि भिडन्त गर्ने अवसर प्राप्त गरेको हो ।

गत सत्रमा युरोपा लिग जितेपछि फ्रान्कफर्टको ४२ वर्षपछि युरोपेली उपाधि जित्ने सपना पूरा भएको थियो । यसअघि सन् १९८० मा फ्रान्कफर्टले यूईएफए कप जितेको थियो ।

युरोपा लिग जितेपछि फ्रान्कफर्टले यस पटक च्याम्पियन्स लिग पनि खेल्ने भएको छ । फ्रान्कफर्टले युरोपा कपमा अपराजित रहेर उपाधि जितेको हो । यस सत्रको स्पेनी लिग अर्को हप्ता मात्र सुरु हुनेछ । फ्रान्कफर्टका लागि यो सत्र प्रारम्भ भइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.