भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

यूकेमा नेपाली नर्स पठाउन ‘प्रोटोकल’ बनाउने कार्य अन्तिम चरणमा

यूकेमा नेपाली नर्स पठाउन ‘प्रोटोकल’ बनाउने कार्य अन्तिम चरणमा

काठमाडौं । नेपाली स्वास्थ्यकर्मीलाई यूकेमा रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएसँगै त्यसलाई कार्यान्वयन गर्ने प्रोटोकल बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।

उक्त प्रोटोकलको मस्यौदामा स्वास्थ्यकर्मीको छनोट, उनीहरूको प्रस्थापन, उनीहरूले प्राप्त गर्ने सेवासुविधा र अधिकारसम्बन्धी व्यवस्थाहरू उल्लेख गरिएको अधिकारीहरूले बताएका छन् ।

नेपालबाट पठाइने स्वास्थ्यकर्मीहरूलाई ब्रिटिश स्वास्थ्यकर्मीसरह सुविधा तथा अधिकार प्राप्त हुने गरी सम्झौता भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता थानेश्वर भुसालले बताए । त्यसलाई कार्यान्वयनमा ल्याउन तयार भइरहेको प्रोटोकलमा यूकेको सहमति भएसँगै मन्त्रिपरिषद्‌बाट पारित हुनेछ।

कति जना नर्स जान पाउँछन् ?
मन्त्रालयले नेपालबाट यूकेमा १० हजार नर्सहरू पठाउने गरी पहल गरिरहेको छ । मापदण्ड पुगेको खण्डमा महिला मात्र नभई जोकोहीले यस प्रक्रिया अन्तर्गत आवेदन दिन पाउँछन्।

आवेदन दिने स्वास्थ्यकर्मी ४५ वर्षभन्दा कम उमेर समूहको हुनुपर्ने प्रावधान छ। यसअघि नेपाल तथा यूके सरकारबीच सम्झौता भएको थियो। जसअन्तर्गत नर्सहरूलाई यूके पठाउने प्रक्रियामा कुनै पनि निजी कम्पनीलाई संलग्न नगर्ने प्रस्ताव अघि सारिएको थियो।

 


Thali Mobile Pvt.Ltd.