भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

राजधानी सार्ने इण्डोनेसिया सरकारको निर्णय

राजधानी सार्ने इण्डोनेसिया सरकारको निर्णय

काठमाडौं । इण्डोनेसियाको सरकारले राजधानी जाकार्ताबाट सार्ने निर्णय गरेको छ । कलिमन्थन प्रान्तको बोर्नियो द्विपमा नयाँ राजधानी बनाउने सम्बन्धि विधेयक संसदले पारित गरेसंगै राजधानी जाकार्ताबाट १३ सय किलोमिटर टाढा पूर्वमा राजधानी सार्ने निर्णय गरेको हो । एक करोड मानिस बसोबास गर्दै आएको राजधानी जाकर्ता थामिनसक्नु भीड र प्रदुषणले अस्तब्यस्त बनेको भन्दै राष्ट्रपति जोको विदोदोको सरकारले दुई वर्ष अघि नै राजधानी सार्ने प्रस्ताव ल्याएको थियो ।

नयाँ राजधानीको नाम नुसन्तारा राख्ने निर्णय पनि संसदले गरेको छ । नुसन्ताराको अर्थ द्विपसमूह हुने जनाइएको छ । नयाँ राजधानी बनाउन साढे ३२ अर्ब डलर खर्च लाग्ने अनुमान पनि गरिएको छ । आलोचक र स्थानीय सरोकारवालाहरुले भने राजधानी बनेपछि कलिमन्थन प्रान्तको वातावरणीय तथा साँस्कृति क्षय हुने भन्दै राजधानी सार्ने निर्णयको आलोचना गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.