भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा फ्रान्समा दैनिक दुई लाख सङ्क्रमित

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा फ्रान्समा दैनिक दुई लाख सङ्क्रमित

पेरिस, । फ्रान्समा कोरोनाभाइरसबाट दैनिक झण्डै दुई लाख सङ्क्रमित हुने गरेका छन् । नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गरेका बेला दैनिक सङ्क्रमितहरूको सङ्ख्या दुई लाखभन्दा बढी पुगेको हो । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा दुई लाख तीन हजार २१ जना सङ्क्रमित भएका छन् । फ्रान्समा आगामी आइतबार नयाँ राष्ट्रपति चयनका लागि मतदान हुने निर्वाचन आयोगले जनाएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार फ्रान्समा अहिले दुई लाख तीन हजार १० जना सङ्क्रमितहरू अस्पतालमै रहेका छन् ।

ती मध्ये एक हजार ५५२ जनाको सघन कक्षमा उपचार भइरहेको छ । त्यसैगरी पछिल्लो एक दिनमा फ्रान्समा कोरोनाभाइरसका कारण कम्तीमा १४० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । यही मार्च २५ देखि ३१ सम्मको दैनिक सङ्क्रमितहरूको सङ्ख्याका आधारमा हेर्दा औसतमा एक लाख ३९ हजार ९६७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । फ्रान्समा रहेका व्यक्ति मध्ये ८०.९ प्रतिशतले कोरोनाभाइरस विरुद्ध कम्तीमा एउटा खोप लगाएका छन् । कुल जनसङ्ख्याको ७९.५ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.